Sagun Khabar
मानव अधिकार एलाइन्स बैतडीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र 

बैतडी –मानव अधिकार एलाइन्स बैतडीले विभिन्न माग राख्दै बुधबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी मार्फत विभिन्न माग राखेर प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको मानव अधिकार एलाइन्सका केन्द्रिय सदस्य सरस्वती नेपालीले बताइन् । 

सरकारले भूमी आयोग खारेज गरेर भूमीहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या झन् बल्झाएकाले आयोग खारेजीको निर्णय सच्याउनुपर्ने माग गरिएको उनले बताइन् । 

Atrya hospital

यस्तै भारतीय एसएसबीले तुइन काटिदिँदा महाकालीमा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको न्यायका लागि सरकारले बोल्नुपर्ने र पीडित परिवारलाई क्षतिपूर्ती दिनुपर्ने माग गरिएको नेपालीले बताइन् । 

मानव अधिकार एलाइन्सका तर्फबाट तयार पारिएको ज्ञापन पत्र निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारती मार्फत प्रधानमन्त्रीलाई पठाइएको उनले बताइन् । 
 

प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update