Sagun Khabar
बैतडीमा २२५ जना बालबालिका महिला सहित जेष्ठ नागरिक हराए ,१३ जना अझै बेपत्ता २१२ फेला

बैतडी - बैतडी सहित सुदुर पश्चिमका पहाडी जिल्लामा बालबालिका तथा महिला हराउने क्रम  बढदै गएको छ ।बैतडीमा मात्रै तीन वर्षको अवधिमा २२५ जना बालबालिका महिला तथा जेष्ठ नागरिक हराएको प्रहरीको तथ्यांकले देखाएको छ । जसमध्ये २१२ जना फेला परेका छन भने  १३ जना अझै बेपत्ता रहेका छन । यस्तै दार्चुलामा एक बर्षको अवधिमा ५९ जना बालबालिका हराएका छन । जसमध्ये ५८ जना फेला परेका छन । एक जना प्रहरीको सम्पर्कमा नआएको तर फेला परेको हुन सक्ने बताइएको छ । यस्तै बझाङमा तीन बर्षको अवधीमा २०२ जना हराएका छन । ती मध्ये धैरै जना फेला समेत परेका बताइएको छ ।

 

Atrya hospital

यसै अन्तर्गत बैतडीमा तीन बर्षको अवधीमा हराउने मध्ये आर्थिक बर्ष २०७९-८० मा ७२ जना महिला , १० जना बालक , २१ जना बालिका र २ जना जेष्ठ नागरिक रहेका छन भने आर्थिक बर्ष २०८०-८१ मा ६३ जना महिला १८ जना बालक, ३२ जना बालिका र २ जना जेष्ठ नागरिक गरि जम्मा ११५ जना हराएका छन । जसमध्ये १०९ जना फेला परेका छन । यस्तै चालु आर्थिक बर्ष २०८१ - ८२ को हाल सम्मको तथ्यांकअनुसार ९ जना महिला , ९ जना बालक, १६ जना बालिका गरेर जम्मा ३५ जना हराएका र ती  मध्ये २२ जना पेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले बताए ।

यस्तै दार्चुलामा एक बर्षको अवधिमा ५९ जना बालबालिका हराएका छन । जसमध्ये ५८ जना फेला परेका छन । एक जना प्रहरीको सम्पर्कमा नआएको तर फेला परेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी क्षत्र बहादुर रावतले बताए ।

यस्तै बझाङमा तीन बर्षको अवधीमा २०२ जना हराएका छन । ती मध्ये धैरै जना फेला समेत परेका बताइएको छ । जस अन्तर्गत हराउनेको सङ्ख्या आर्थिक बर्ष २०७८-७९ मा ४० जना महिला हराएका छन भने ४० जना नै फेला परेका छन । बालक १२ जना , बालिका  १७ जना हराएका बताइएको छ । २०७९-८० मा महिला  ३६ जना, बालक ८ जना, र  बालिका २० जना हराएका छन । २०८०-८१ मा महिला ३१ जना , बालक २० जना र  बालिका १८ जना हराएका छन भने चालू आर्थिक बर्षमा ८ जना महिला र ४ जना बालक हराएका भए पनि १ जना महिला पेला नपरेका र  अरु सबै फेला परिसकेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रबक्ता, प्रहरी निरीक्षक लोकेन्द्र सिँह ठगुन्नाले बताए ।

प्रहरीको तथ्यांकले हराउनेको संख्या बढदै गएको देखाएको छ । हराएको बेला प्रहरीलाई खोजीका लागि निवेदन दिएपनि हराएको मान्छे फेला परेपछि प्रहरीलाई जानकारी नदिने परीपाटी रहेकाले पनि तथ्यांकमा हराएकाहरुको संख्या बढी भएको हुन सक्ने अनुमान गरेको छ । हराउने मध्ये धेरैजसो महिला तथा बालबालिकाहरु नेपाल भारत खुला सीमा नाकाका कारण भारततिर गएको हुन सक्ने बताइएको छ । धेरै जसो भागेर भारत जाने र उतै काम गर्ने भएकाले उनीहरु फेला नपर्ने अवस्था रहेको प्रहरीको भनाइ रहेको छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १३:३०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update