Sagun Khabar
कैलालीमा झण्डै आधा किलो सुन सहित तीन जना पक्राउ 
Atrya hospital

कैलाली –कैलालीमा झण्डै आधा किलो अवैध सुनसहित तीन जना पक्राउ परेका छन् ।  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, अपराध अनुसन्धान समूह (आरआइटी) र इलाका प्रहरी कार्यालय मालाखेतीको सयुक्त टोलीले ४४९.७७ ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको हो । 

शैलेश्वरी सुनचाँदी पसल अत्तरियाका सञ्चालक समिर सिजापती, सोही सुनचाँदी पसलमा कार्यरत सुनसरीका राजु बिक र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ का भवानी घिमिरेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । 

उनीहरुको साथबाट ४९ हजार बढी नगद र ५ थान मोबाइल पनि बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय, कोहलपुर पठाइने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
 

प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update