Sagun Khabar
सुदूरपश्चिममा बुधबार थप ५३ जनामा कोरोना पुष्टि, २४ जना संक्रमणमुक्त 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा बुधबार थप ५३ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशका विभिन्न जिल्लामा ८०५ जनाको नमूना परीक्षण गर्दा थप ५३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी २४ जना संक्रमणमुक्त भएका छन् । सुदूरपश्चिममा बुधबार कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको निर्देशनालयले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update