Sagun Khabar
बैतडीमा साझेदारी मञ्चको बैठक सम्पन्न 
Atrya hospital

बैतडी – बैतडीको दशरथचन्द नगरपालिकामा साझेदारी मञ्चको बैठक सम्पन्न भएको छ । पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत सञ्जिवनी नेपालको सहयोगमा बैठक सम्पन्न भएको हो । बुधबार सम्पन्न भएको बैठकले दुईओटा अनुगमन समिति गठन गरेको सञ्जिवनी नेपालका कार्यक्रम अधिकृत शिवराज पनेरुले बताए । 

नगरपालिकामा सुशासन नीति कार्यान्वयन भए÷नभएको बारेमा नगरपालिकाका उपप्रमुख मीना चन्दको संयोजकत्वमा समिति गठन गरिएको हो । सो समितिमा वडा नं २ का वडा अध्यक्ष रनबहादुर बोहरा र वडा नं ३ का अध्यक्ष दामबहादुर क्षेत्री सदस्य रहेका छन् । 

यस्तै दशरथचन्द नगरपालिकाले जवाफदेहिताका औजार प्रयोग गरे÷नगरेको बारेमा पनि अनुगमन समिति गठन गरिएको छ । दशरथचन्द नगरपालिका वडा नं ४ का वडा अध्यक्ष मोहन चन्दको संयोजकत्वमा समिति गठन गरिएको हो । सो समितिको सदस्यमा पत्रकार मोहन चन्द र महिला अधिकारकर्मी तुलसी ठगुन्ना रहेका छन् । 
 

प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update