Sagun Khabar
बैतडीमा बुधबार थप एकजनामा कोरोना पुष्टि 
Atrya hospital

बैतडी –बैतडीमा बुधबार थप एकजनामा कोरोना पुष्टि भएको छ । जिल्लाको पुर्चौंडी नगरपालिकाका थप एकजनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा अहिले ३६ जना सक्रिय संक्रमित रहेका छन् ।

सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा २४ जना, सिगास गाउँपालिकामा ३ जना, दोगडाकेदार गाउँपालिकामा २ जना, पुर्चौंडी नगरपालिकामा २ जना, पाटन नगरपालिकामा २ जना र सुर्नया गाउँपालिकामा एकजना रहेका छन् । बैतडीमा जिल्ला बाहिरका २ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

तत्कालका लागि चारओटा स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका छन् । मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र डिलाशैनी गाउँपालिकामा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति चन्दन सुवेदीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  १६:०५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update