Sagun Khabar
लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा
Atrya hospital

रुपन्देही – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले पदबाट राजीनामा दिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका हुन् । 

पोखरेलको राजीनामासँगै विपक्षी गठबन्धनको तर्फबाट माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने निश्चितजस्तै भएको छ ।  

आज बुधवार बिहान बसेको नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्ताव सामना गर्ने वा राजीनामा गर्ने भन्ने निर्णय गर्ने अधिकार संसदीय दलका नेता पोखरेललाई दिएको थियो । विपक्षी गठबन्धनले मुख्यमन्त्रीविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । 

प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  १४:१७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update