Sagun Khabar
बैतडीको सिद्धनाथ झरना ओझेलमा 

बैतडी –पछिल्लो समयमा बिभिन्न ठाउँका साना ठूला झरना सामाजिक सञ्जालमा भाइरल  भईरहँदा बैतडीको पाटन नगरपालिका वडा न.८ खोडपे नजिकै रहेको सिद्धनाथ झरना प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । 

सिद्धनाथ मन्दिरको छेउमै रहेको झरना प्रचारप्रसारको अभावमा ओझेलमा परेको स्थानीय गंगादत्त भट्टले बताए । उनले भने ‘प्राचीन सिद्धनाथ मन्दिरको छेउमै लोभलाग्दो झरना छ । सिद्धनाथ मन्दिरमा पूजाआजा गर्दा सो झरनाको पानीले स्नान गर्ने चलन समेत रही आएको छ । तर प्रचारप्रसार नहुँदा झरना ओझेलमा परेको छ ।’

Atrya hospital

सिद्धनाथ झरना प्राकृतिक र धार्मिक दुवै दृष्टिकोणले महत्वपूर्ण रहेको भट्टले बताए । सो ठाउँमा सिद्धभगवती, सिद्धनाथ र गोफाकेदारको मन्दिर समेत रहेको उनले बताए । परापूर्वकालमा ओखलेश्वर महादेवमा गरिएको पूजा सिद्धनाथ झरना सम्म आइपुग्ने गरेको किम्बदन्ती रहेको भट्टले बताए । 

सिद्धनाथ झरनासंगै रहेको मन्दिरको दर्शन गरेमा मनोकामना पूर्ण हुने रही आएको छ । सो ठाउँमा पूजाआजा गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको स्थानीय ज्ञानेन्द्रप्रसाद भट्टले बताए ।  

दशरथचन्द राजमार्ग अन्र्तगत खोड्पेको छेवैमा रहेको झरनाको प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । धार्मिक र प्राकृतिक दुवै हिसाबले महत्वपूर्ण यो झरनाका बिषयमा स्थानीय सरकार समेत अनभिज्ञ रही आएको छ । ‘स्थानीय सरकारले यसको प्रचारप्रसारमा ध्यान दिन सकेमा धार्मिक पर्यटकहरुलाई भित्र्याउन सकिन्छ । आन्तरिक पर्यटकहरुका लागि पनि यो उपयुक्त गन्तव्य हुन सक्छ ।’भट्टले भने 

सिद्धनाथ मन्दिरमा हिन्दू परम्परा अनुसार विवाह ब्रतबन्ध गर्ने चलन रही आएको छ । तर बाटोघाटो असुविधाले सबै त्यहाँ पुग्न नसकेको स्थानीय रमेश महराले बताए । सिद्धनाथ झरना नजिकै धर्मशाला पनि रहेका छन तर ती धर्मशालाहरु संरक्षण नहुँदा जीर्ण भईसकेका उनले बताए । पाटन नगरपालिका वडा न. ८ को कार्यालय नजिकै भएपनि अहिलेसम्म सो स्थान सम्म पुग्नका लागि बाटोघाटो र सडकको व्यवस्था गरिएको छैन् । 
 

प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  १२:५५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update