Sagun Khabar
बैतडीमा १८ हजार बढीले लगाए कोरोना विरुद्धको खोप 

बैतडी –बैतडीमा १८ हजार बढी नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् । जिल्लामा विभिन्न समयमा सञ्चालन भएको खोप अभियान अन्तर्गत अहिले सम्म १८ हजार ६३ जनाले कोरोना विरुद्धको पूर्ण खोप पाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा खोपको पहिलो डोज मात्र लगाउने नागरिकको संख्या ३७ हजार ६६८ रहेको स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति चन्दन सुवेदीले जानकारी दिए । उनीहरु खोपको दोश्रो मात्राको पर्खाईमा रहेका उनले बताए । 

Atrya hospital

कोभीशिल्ड खोप लगाएका जेष्ठ नागरिकले अहिले सम्म दोश्रो डोज नपाएको सुवेदीले जानकारी दिए । जिल्लामा भेरोसेल खोप लगाएका नागरिकलाई भने दोश्रो डोज मौज्दात राखेर खोप दिइएको उनले बताए । 

जोन्सन एण्ड जोन्सन खोपको एक डोज मात्रै लगाउनुपर्ने भएकाले ११ हजार ४९५ जनाले सो खोप लगाएका सुवेदीले बताए । 

जिल्लामा पहिलो पटक गएको माघ १० देखि २४ गते सम्म कोरोना विरुद्धको खोप अभियान शुरु भएको थियो । यस्तै फागुन २ देखि १० गते सम्म र फागुन २३ देखि २७ गते सम्म कोभीशिल्ड खोप लगाइएको थियो । 

यस्तै गएको वैशाख ७ देखि १३ सम्म र जेठ १४ देखि २४ गते सम्म पनि कोभीशिल्ड खोप लगाइएको थियो । यस्तै जेठ २१ देखि २४ गते सम्म भेरोसेल खोप लगाइएको थियो भने असार २० देखि २४ सम्म त्यसको दोश्रो मात्रा दिइएको थियो । जिल्लामा साउन १७ देखि २१ सम्म भेरोसेल खोपको पहिलो मात्रा दिइएको थियो भने साउन २३ र २४ गते जोन्सन एण्ड जोन्सन खोप लगाइएको थियो । 

जिल्लाका प्रत्येक वडाका खोप केन्द्रबाट कोरोना विरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।  

प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  ०९:२१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update