Sagun Khabar
बैतडीको बाचपानी –झाड्बो सडक अवरुद्ध 
फोटो : बाचपानी झाड्बो सडकमा खसेको पहिरो, तस्बिर :सुरेश महरा

बैतडी –बर्षातको समयमा बैतडीका विभिन्न स्थानका ग्रामीण कच्ची सडक अवरुद्ध हुँदा स्थानीयबासिन्दा समस्यामा परेका छन् । अधिकांश ग्रामीण कच्ची सडक अवरुद्ध हुँदा गाउँघरमा खाद्यान्न सामग्रीको मूल्य समेत आकाशिएको छ । प्रायःजसो सबै वडामा कच्ची सडक पुगेका भएपनि लगातारको बर्षाले सडकहरु अवरुद्ध भएका छन् ।

सुर्नया गाउँपालिकाको बाचपानीदेखि झाड्बो सम्म जोड्ने सडक अवरुद्ध भएको एक महिनाभन्दा बढी भईसक्दा समेत सुचारु हुन सकेको छैन् । अवरुद्ध सडक सुचारु नहुँदा खाद्यान्न सामग्री ल्याउन समेत अप्ठ्यारो भएको स्थानीय नरबहादुर महराले बताए । उनले भने ‘सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्री मूल्य समेत आकाशिएको छ । हामीलाई धेरै समस्या भएको छ ।’ 

Atrya hospital

सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्रीको मूल्य समेत बढेको उनले बताए । यस्तै सडक बन्द हुँदा गाउँका कृषि उपजहरु पनि बजार पुर्याउन निकै धौ धौ परीरहेको महराले बताए ।

गाउँमा सडक पुगेको भएपनि त्यसलाई व्यवस्थित बनाउन कसैको ध्यान नजाँदा समस्या भएको अर्का स्थानीय दलभान मडैले बताए । ग्रामीण कच्ची सडक अवरुद्ध हुँदा नागरिकलाई धेरै समस्या भएको छ । 

सुचारु भएका ग्रामीण सडकमा भाडा समेत अचाक्ली बढाइएको स्थानीयहरुले गुनासो गरेका छन् । सडक खराब भएको भन्दै यातायात व्यवसायीले मनोमानी भाडा बढाएका हुन् । नियमन गर्ने निकायले चासो नदिँदा स्थानीयहरु बढी भाडा तिर्न बाध्य भएका छन् । 
 

प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  ०७:४०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update