Sagun Khabar
बैतडीको एक खानेपानी योजनामा काम गरेको पैसा नपाएको मजदुरको गुनासो 

बैतडी –बैतडीको पुर्चौंडी नगरपालिकाको वडा नं १० मा खानेपानी योजनामा काम गरेका मजदुरहरुले पैसा नपाएको गुनासो गरेका छन् । खानेपानी योजनाको काम सम्पन्न भएर भुक्तानी भईसक्दा समेत मजदुहरुले पैसा नपाएको गुनासो गरेका हुन् । 

आफूहरुले खानेपानी योजनामा काम गरेको भएपनि मजदुरी नपाएको स्थानीय सुरेन्द्र महराले बताए । नगरपालिकाबाट खानेपानी उपभोक्ता समितिले पैसा निकासा गरिसक्दा समेत भुक्तानी नभएको महराले आरोप लगाए । उनले भने ‘नगरपालिकाबाट रकम भुक्तानी भईसक्दा समेत हामीलाई काम गरेको पैसा दिइएको छैन् । उपभोक्ता समितिले हामीहरुलाई ठगेको छ ।’

Atrya hospital

मजदुरहरुको करीब १२ सय हाजिर बराबरको रकम भुक्तानी नभएको महराले बताए । कसाडदेखि कोकलेगौडा खानेपानी योजनामा काम गरेको पैसा नपाएको भन्दै स्थानीयहरुले असन्तुष्टी जनाएको भएपनि खानेपानी उपभोक्ता समितिले पूरा रकम भुक्तानी नभएको दाबी गरेको छ । 

खानेपानी योजना सम्पन्न गर्नका लागि पुर्चौंडी नगरपालिकासंग १५ लाखको सम्झौता भएको ९ लाख ३२ हजार ५४५ मात्रै निकासा भएपछि रकम वितरणमा समस्या भएको खानेपानी उपभोक्ता समितिका सचिव करन महराले जानकारी दिए ।

जनश्रमदान सहित १५ लाखको सम्झौता भएको र १३ लाख रुपैया खानेपानी योजना लागत लागेकाले कम पैसा निकासा भएपछि समस्या भएको उनले बताए । 

प्राविधिकले कामको कम मूल्यांकन गर्दा समस्या भएको महराले दाबी गरे । उनले भने ‘हाम्रो खानेपानी योजनामा १३ लाख लगानि भएको छ । प्राविधिक कम मूल्यांकन गर्दा हामीलाई समस्या भएको छ । थोरै पैसा निकासा भएको छ । कम पैसा कसरी वितरण गर्ने भनेर समस्या भईरहेको छ ।’ 

प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८  १७:५०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update