Sagun Khabar
बझाङमा जिप दुर्घटना, चार जना घाइते 

बझाङ –बझाङमा सोमबार बिहान जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । 

जिल्लाको जयपृथ्वी नगरपालिका–स्थित खानेपानी ट्यांकी नजिकै बा.१८ च ५१४९ नम्बरको जिप दुर्घटना भएको हो । 

Atrya hospital

तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरका लागि छुटेको जिप एक्कासी बे्रक फेल भई  सडकमा पल्टिएको प्रहरीले जनाएको छ । जिपमा चालकसहित सात जना सवार रहेका र ती मध्ये चार जना घाइते भएका छन् । 
घाइते हुनेमा तलकोट गाउँपालिका –१ का ५६ बर्षीय बिरबहादुर बम्म, सोही ठाउँकी ४५ बर्षीय धनलक्ष्मीदेवी बम्म, जयपृथ्वी नगरपालिका –११ की २५ बर्षीया विद्या बोहरा र सोही ठाउँमा ११ बर्षीय शंकर धामी रहेका छन् । 

घाइतेहरुको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

जिप चालकलाई नियन्त्रणमा लिएर घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  ११:४३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update