Sagun Khabar
बैतडीमा मंगलबार थप ६ जनामा कोरोना पुष्टि 

बैतडी –बैतडीमा मंगलबार थप ६ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा दशरथचन्द नगरपालिकाका ५ जना र एन्टीजेन परीक्षण गर्दा दोगडाकेदार गाउँपालिकाका थप एकजनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

अहिले जिल्लाभरी सक्रिय संक्रमितको संख्या ३५ पुगेको छ । सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा २४ जना, सिगास गाउँपालिकामा ३ जना, दोगडाकेदार गाउँपालिकामा २ जना, पाटन नगरपालिकामा २ जना, पुर्चौंडी नगरपालिकामा १ जना र सुर्नया गाउँपालिकामा एकजना रहेका छन् ।

Atrya hospital

यस्तै बैतडीमा जिल्ला बाहिरका २ जना सक्रिय संक्रमित रहेका छन् । तत्कालका लागि बैतडीका चारओटा स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति चन्दन सुवेदीले जानकारी दिए ।

मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र डिलाशैनीमा गाउँपालिकामा सक्रिय संक्रमितको संख्या शुन्य रहेको उनले बताए । 

प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८  १६:४६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update