Sagun Khabar
नेपाल मास्क अभियान अन्तर्गत सुर्नया ६ मा मास्क वितरण 
Atrya hospital

बैतडी –नेपाल मास्क अभियान अन्तर्गत बैतडीका विभिन्न स्थानमा मास्क वितरण कार्य जारी रहेको छ । कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउनका लागि सन्देश दिने उद्देश्यले मास्क अभियान शुरु गरिएको हो । सोही अभियान अन्तर्गत बैतडीको सुर्नया गाउँपालिका वडा नं ६ का विभिन्न स्थानमा मास्क वितरण गरिएको शंकरपुर स्वास्थ्यचौकीका अहेव दीपक अवस्थीले बताए । 

वडा कार्यालय, शंकरपुर प्रहरीचौकी र शंकरपुर स्वास्थ्यचौकीको संयुक्त पहलमा मास्क वितरण गरिएको उनले बताए । गाउँघरमा मास्क वितरण गर्नुका साथै कोरोनाबाट बच्नका लागि अपनाउनुपर्ने स्वास्थ्य सावधानीका बिषयमा पनि जानकारी दिइएको अवस्थीले बताए । 

महामारी रोकथाम र नियन्त्रणमा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै हो आजको आवश्यकता भन्ने मूल नारा सहित नेपाल मास्क अभियान सञ्चालन भएको हो । यही साउन २९ गते सम्म सञ्चालन हुने अभियान अन्तर्गत ठाउँठाउँमा मास्क वितरण गर्ने कार्य भईरहेको छ । 
 

प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८  १६:२६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update