Sagun Khabar
भालुको आक्रमणबाट घाइते भएका बैतडीका कोलीलाई धनगढी रेफर गरियो 

बैतडी – भालुको आक्रमणबाट घाइते भएका बैतडीका उजीरराम कोलीलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ । पञ्चेश्वर गाउँपालिका ५ रन्तोली नयाँका ६२ बर्षीय उजीरराम कोलीलाई सोमबार बिहान भालुले आक्रमण गरेको थियो । 

घर नजिकैको खेतमा पानी लगाउने क्रममा कोलीलाई भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । 

Atrya hospital

भालुको आक्रमणबाट घाइते भएका कोलीको नाका, आखा र टाउको गम्भीर चोट रहेको स्थानीयबासिन्दा समेत रहेका नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य रमेश भण्डारीले बताए । कोलीको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि धनगढी पठाइएको उनले बताए । 

यसअघि आइतबार मात्रै जंगली बँदेलको आक्रमणमा परी बैतडीको सुर्नया ४ का राम लुहार घाइते भएका थिए । आफ्नो बारीमा कामका लागि जाने बेला लुहारलाई बँदेलले आक्रमण गरेको थियो । 

प्रकाशित मिति: सोमबार, साउन २५, २०७८  १८:४७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update