Sagun Khabar
बैतडीमा सोमबार ८ जना संक्रमणमुक्त, थप ४ जनामा कोरोना पुष्टि 
Atrya hospital

बैतडी –बैतडीमा सोमबार ८ जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा रहेका सक्रिय संक्रमित मध्ये ८ जना संक्रमणमुक्त भएका स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै आज थप ४ जनामा कोरोना पुष्टि भएको छ । दशरथचन्द नगरपालिका १० का थप ४ जनामा कोरोना पुष्टि भएको हो । जिल्लामा अहिले २९ जना सक्रिय संक्रमित रहेका छन् ।

सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा १९ जना, सिगास गाउँपालिकामा ३ जना, पाटन नगरपालिकामा २ जना, पुर्चौंडी नगरपालिका, सुर्नया गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा एक÷एक जना सक्रिय संक्रमित रहेका छन् । बैतडीमा जिल्ला बाहिरका २ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, साउन २५, २०७८  १६:११
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update