Sagun Khabar
बैतडीमा भालुको आक्रमणबाट एकजना घाइते 

बैतडी –बैतडीमा भालुको आक्रमणबाट एकजना घाइते भएका छन् । पञ्चेश्वर गाउँपालिका ५ रन्तोलीका ६२ बर्षीय उजीतराम कोलीलाई सोमबार बिहान भालुले आक्रमण गरेको हो । घर नजिकैको खेतमा पानी लगाउने क्रममा कोलीलाई भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । 

भालुको आक्रमणबाट घाइते कोलीको टाउको गम्भीर चोट लागेको बताइएको छ । घाइते कोलीको जिल्ला अस्पताल बैतडीमा उपचार भईरहेको प्रहरीले जनाएको छ । 

Atrya hospital

यसअघि आइतबार मात्रै जंगली बँदेलको आक्रमणमा परी बैतडीको सुर्नया ४ का राम लुहार घाइते भएका थिए । आफ्नो बारीमा कामका लागि जाने बेला लुहारलाई बँदेलले आक्रमण गरेको थियो । 

 

प्रकाशित मिति: सोमबार, साउन २५, २०७८  १५:४३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update