Sagun Khabar
मुस्याचौर गुरूखोलामा घर घरमा धारा, नागरिक हर्षित 
Atrya hospital

बैतडी– बैतडीको दशरथचन्द नगरपालिका वडा नं १ मुस्याचौर , गुरूखोलामा  लिफ्टिङ्ग सिस्टम द्वारा खानेपानीको व्यवस्था भएपछि स्थानीयहरूलाइ सजिलो भएको छ । पडेलीगाउँ–मुस्चौर–गुरुखोला लिफ्टिङ खानेपानी योजना अन्तर्गत निर्माण गरिएको ट्याङ्कीबाट दैनिक करिब  १ सय  घर परिवार लाभान्वित भएका छन ।

सतबाँझ खोलाबाट लिफ्टिङ प्रणालीमार्फत पानी तानेर मुस्याचौर,गुरूखोलामा वितरण गरिएको छ । सतबाँझ खोलामा ६३ हजार क्षमताको ट्याङ्की निर्माण गरेर  करिब ८ सय मिटरमाथि डाँडामा बनेको ८५ हजार लिटर क्षमताको ट्याङ्कीबाट खानेपानी वितरण भईरहेको हो। 

खानेपानीको अभावमा गुज्रिरहेका स्थानीयहरूलाइ  पानीको उपलब्धता भएपछि टाढा टाढाबाट पिठ्युँमा पानी बोकेर ल्याउनुपर्ने समस्याबाट मुक्त भएका छन । बेला बेला प्रबिधिक समस्या आउने गरेपनि मर्मत गरेर सेवाग्राहीहरूलाई पानी उपलब्ध गराइरहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष नर बहादुर टेरले बताए ।

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  १५:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update