Sagun Khabar
कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु 
फाइल फोटो
Atrya hospital

कैलाली –कैलालीमा मोटरसाइलकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तरगत जिल्लाको बर्दगोरिया गाउँपालिका–१ मा से ७ प ८०२ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए ।

उनका अनुसार ७२ वर्षीय साइकल यात्री जगतबहादुर साउँदको मृत्यु भएको हो ।  मोटरसाइकल धनीलाई नियन्त्रणमा लिइएको र चालक भने फरार रहेको उनले बताए ।

प्रकाशित मिति: सोमबार, साउन २५, २०७८  ०७:४५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update