Sagun Khabar
बैतडीका ४ स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित शुन्य 

बैतडी –बैतडीका ४ ओटा स्थानीय तहमा तत्कालका लागि कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका छन् । जिल्ल्लाको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र डिलाशैनी गाउँपालिकामा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाका ६ ओटा स्थानीय तहमा मात्रै अहिले कोरोनाका सक्रिय संक्रमित रहेका छन् । चारओटा स्थानीय तहमा तत्कालका लागि कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका भएपनि कोरोनाको जोखिम भने कायमै रहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाउन उनले  आग्रह गरे । 

Atrya hospital

साबुनपानी अथवा सेनेटाइजरले हात धुने, अनिवार्य मास्कको प्रयोग गर्ने र भौतिक दुरी कायम गर्ने जस्ता सावधानी अपनाउन उनले आग्रह गरे । 

अझै पनि कोरोनाबाट बच्नका लागि स्वास्थ्यका मापदण्ड पालनामा लापरवाही भईरहेकाले सतर्क रहन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । बैतडीमा अहिले सम्म कोरोनाका कारण १८ जनाको ज्यान गईसकेको छ । 
 

प्रकाशित मिति: सोमबार, साउन २५, २०७८  ०७:०२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update