Sagun Khabar
बैतडीमा पनि मास्क अभियान शुरु 

बैतडी –बैतडीमा पनि मास्क अभियान शुरु भएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि देशभर अभियान शुरु भएकाले बैतडीमा पनि मास्क अभियान शुरु भएको स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर निरीक्षक हरिश भट्टले जानकारी दिए । 

कोरोना नियन्त्रणका लागि मास्क लगाएर सचेतना फैलाउने कार्य शुरु भएको उनले बताए । आइतबार सदरमुकाममा स्वास्थ्यकर्मीहरुको टोलीले ब्यानर सहित मास्क वितरण गरेको भट्टले जानकारी दिए । 

Atrya hospital

कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले यसबाट बच्नका लागि मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ भन्ने कुराको सबैलाई जानकारी दिन यो अभियान शुरु भएको उनले बताए । 

जिल्लाका १० ओटै स्थानीय तहमा पालिकाहरुले पनि यो अभियान सञ्चालन गरिरहेका भट्टले जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारबाट नेपाल मास्क अभियान सुरु गरेको हो । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ मन्त्रालयले अभियान सञ्चालन गरेको छ । मास्क अभियान २९ गतेसम्म जारी रहने  बताइएको  छ ।

प्रकाशित मिति: आइतबार, साउन २४, २०७८  २०:०१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update