Sagun Khabar
बैतडीमा जंगली बँदेलको आक्रमणबाट प्रहरी हवलदार घाइते 

बैतडी –बैतडीमा जंगली बँदेलको आक्रमणबाट एकजना प्रहरी हवलदार घाइते भएका छन् । जिल्लाको सुर्नया गाउँपालिका ४ का राम लुहार जंगली बँदेलको आक्रमणमा परी घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । 

आइतबार बिहान घर नजिकैको बारीमा काम गर्न जाँदा लुहारलाई जंगली बँदेलले आक्रमण गरेको थियो । लुहारको हात र खुट्टमा चोट रहेको बताइएको छ । घाइते लुहारको जिल्ला अस्पताल बैतडीमा समान्य उपचार पछि थप उपचारका लागि धनगढी रेफर गरिएको प्रहरी निरीक्षक ओझाले बताए । उनले भने ‘लुहारको जिल्ला अस्पतालमा समान्य उपचारपछि थप उपचारका लागि धनगढी पठाइएको छ ।’

Atrya hospital

लुहार महानगरीय प्रहरी कार्यालय काठमाण्डौं रानीपोखरीमा कार्यरत रहेका र बिदामा घर आएका बताइएको छ । पछिल्लो समयमा जंगली बँदेलले मकैबाली नष्ट गरेपछि किसानहरु चिन्तित बनेका छन् । बँदलेको आक्रमणमा पर्ने चिन्ता समेत थपिएको किसानहरुले बताएका छन् । स्थानीय सरकारहरुले समेत जंगली बँदेल नियन्त्रणका उपायका बिषयमा कुनै चासो नदिएको सुर्नया ४ का राकेश महराले बताए । 

यसअघि यही साउन २० गते बँदेलका लागि थापेको विद्युतीय धरापमा परेर बैतडीको सुर्नया गाउँपालिका ५ का दुई युवकको मृत्यु समेत भएको थियो । जंगली बँदेलले मकैबाली नष्ट गरेपछि किसानहरु हैरान भएका छन् । 

प्रकाशित मिति: आइतबार, साउन २४, २०७८  १८:५७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update