Sagun Khabar
बैतडीमा आइतबार ९ जना संक्रमणमुक्त, थप एकजनामा कोरोना पुष्टि 

बैतडी –बैतडीमा आइतबार ९ जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा रहेका संक्रमित मध्ये ९ जना संक्रमणमुक्त भएका स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै आज थप एकजनामा कोरोना पुष्टि भएको छ । सिगास गाउँपालिकाका एक जना महिलामा कोरोना पुष्टि स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा अहिले ३३ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा २२ जना, सिगास गाउँपालिकामा ३ जना, दोगडाकेदार गाउँपालिकामा २ जना, पाटन नगरपालिकामा २ जना, पुर्चौडी नगरपालिका र सुर्नया गाउँपालिकामा १÷१ जना सक्रिय संक्रमित रहेका छन् ।

Atrya hospital

यस्तै बैतडीमा जिल्ला बाहिरका २ जना सक्रिय संक्रमित रहेका बताइएको छ । जिल्लाका ४ ओटा स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित तत्कालका लागि शुन्य रहेका छन् ।

मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र डिलाशैनी गाउँपालिकामा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, साउन २४, २०७८  १७:५७
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update