Sagun Khabar
सुदूरपश्चिममा शनिबार २७ जना संक्रमणमुक्त, थप २० जनामा कोरोना पुष्टि 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा शनिबार २७ जना कोरोना संक्रमणमुक्त भएका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका सक्रिय संक्रमित मध्ये २७ जना संक्रमणमुक्त भएका स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोना पुष्टि भएको छ । ७९१ जनाको नमूना परीक्षण गर्दा थप २० जनामा कोरोना पुष्टि भएको हो । सुदूरपश्चिममा शनिबार कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ । 

प्रकाशित मिति: शनिबार, साउन २३, २०७८  १८:२१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update