Sagun Khabar
बैतडीमा शनिबार थप एकजनामा कोरोना पुष्टि 

बैतडी –बैतडीमा शनिबार थप १ जनामा कोरोना पुष्टि भएको छ । आज गरिएको परीक्षणमा पुर्चौंडी नगरपालिकाका थप एकजनामा कोरोना पुष्टि भएको हो । जिल्लामा अहिले ४१ जना सक्रिय संक्रमित रहेका छन् ।

सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा २५ जना, पाटन नगरपालिकामा ४ जना, सिगास गाउँपालिकामा ४ जना, दोगडाकेदार गाउँपालिकामा २ जना, डिलाशैनी गाउँपालिकामा २ जना, पुर्चौंडी नगरपालिका र सुर्नया गाउँपालिकामा १÷१ जना रहेका छन् ।

Atrya hospital

बैतडीमा जिल्ला बाहिरका २ जना सक्रिय संक्रमित रहेका बताइएको छ । तत्कालका लागि बैतडीमा तीन स्थानीय तहमा कोरोना सक्रिय संक्रमित शुन्य रहेका छन् ।

मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा कोरोना संक्रमति शुन्य रहेका हुन् । 

प्रकाशित मिति: शनिबार, साउन २३, २०७८  १६:१४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update