Sagun Khabar
बैतडी : खेट्टीको भेजाइनल स्वाब र भिसेरा परीक्षणका लागि काठमाण्डौं पठाइयो 

बैतडी –बैतडीको मेलौली नगरपालिका ७ ल्वाथलीमा साउन ८ गते मृत फेला परेकी ३६ बर्षीया खेट्टी मल्लको भेजाइनल स्वाब र भिसेरा परीक्षणका लागि काठमाण्डौं पठाइएको छ । 

डडेल्धुराको भागेश्वर गाउँपालिका–३ लामीकाँडे घर भएकी मल्लको घरबाट माइतीघर आउने क्रममा मृत्यु भएको थियो । डडेल्धुराबाट साउन ७ गते माइतीघर बैतडीको मेलौली नगरपालिका सेरीका लागि हिडेकी खेट्टी साउन ८ गते बिहान बीचबाटोमै मृत फेला परेकी थिइन् । 

Atrya hospital

उनको मृत्यु कसरी भयो भन्ने कुरा पुष्टि गर्नका लागि भेजाइनल स्वाब र भिसेरा केन्द्रिय प्रहरी विधि विज्ञान प्रयोगशाला काठमाण्डौंमा पठाइएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । यद्यपि खेट्टीको शवको पोष्टमार्टम रिपोटमा हृदयघातका कारण मृत्यु भएको उल्लेख गरिएको छ । 

खेट्टीको शरीरमा बाहिर देखिने कुनै घाउचोट नभएकाले उहाँको मृत्युको कारण थप पुष्टिका लागि भेजानइल स्वाब र भिसेरा परीक्षणका लागि काठमाण्डौं पठाइएको प्रहरी निरीक्षक शाहीले बताए । 
 

प्रकाशित मिति: शनिबार, साउन २३, २०७८  १६:०१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update