Sagun Khabar
बैतडीमा १७ हजार बढीले कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाए

बैतडी –बैतडीमा पछिल्लो पटक सञ्चालन भएको कोरोना विरुद्धको खोप अभियानमा १७ हजार बढी नागरिकले कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन् । यही साउन १७ गतेदेखि २१ गते सम्म सञ्चालन भएको खोप अभियान अन्तर्गत १७ हजार २९९ जनाले खोप लगाएका स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । 

५५ बर्षदेखि ६० बर्ष उमेर समूहका नागरिक, विद्यालयका शिक्षक र कर्मचारी, कलेजका प्राध्यापक र कर्मचारी, सवारी साधनका चालक र सहचालक र यो भन्दा पहिलाको खोप अभियानमा छुटेका लक्षित समूहका व्यक्तिहरुलाई खोप लगाइएको स्वास्थ्य प्रमुख भट्टले जानकारी दिए । 

Atrya hospital

जिल्लामा १८ हजार डोज भेरोसेल खोप प्राप्त भएकोमा १७ हजार २९९ जनाले खोप लगाएका उनले बताए । सबैभन्दा बढी पुर्चौडी नगरपालिकामा ३ हजार १५० जनाले खोप लगाएका छन् । यस्तै दशरथचन्द नगरपालिकामा २ हजार ३९४ जना, पाटन नगरपालिकामा २ हजार ३१८ जना, दोगडाकेदार गाउँपालिकामा १ हजार ७८६ जना र डिलाशैनी गाउँपालिकामा १ हजार ६६४ जनाले खोप लगाएका छन् । 

यस्तै सिगास गाउँपालिकामा १ हजार ५३४ जना, मेलौली नगरपालिकामा १ हजार ३६४ जना र सुर्नया गाउँपालिकामा १ हजार २६१ जनाले खोप लगाएका स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति चन्दन सुवेदीले जानकारी दिए । 

बैतडीमा ९६ खोप केन्द्र मार्फत खोप अभियान सञ्चालन भएको बताइएको छ । भेरोसेल खोपको पहिलो मात्रा लगाएका नागरिकलाई २८ दिनभित्र दोश्रो मात्रा दिइने स्वास्थ्य कार्यालयले जनाएको छ ।  

प्रकाशित मिति: शनिबार, साउन २३, २०७८  ०७:५१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update