Sagun Khabar
बैतडीमा आजदेखि कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाइँदै 

बैतडी –बैतडीमा आजदेखि कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाउने कार्य शुरु हुँदैछ । आज र भोली दुईदिन जिल्लाभरी जोन्सन एण्ड जोन्सन खोप दिइने स्वासथ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । 

५० देखि ५४ बर्ष उमेर समूहका सबै नागरिक, अशक्त र अपांगता भएका व्यक्तिहरुलाई यो खोप लगाइने उनले बताए । प्रत्येक वडाका खोप केन्द्र मार्फत खोप दिइने भट्टले जानकारी दिए । 

Atrya hospital

जोन्सन एण्ड जोन्सन खोप एक मात्रा मात्रै दिने गरिन्छ । जिल्लामा जोन्सन एण्ड जोन्सन खोपको ११ हजार ५ सय डोज प्राप्त भएको र सो खोप सबै ठाउँमा पठाईसकेको भट्टले जानकारी दिए । 

यसअघि साउन १७ गतेदेखि साउन २१ सम्म भेरोसेल खोप लगाउने अभियान सञ्चालन भएको थियो । भेरोसेल खोप ५५ देखि ६० बर्ष उमेर समूहका नागरिक, विद्यालयका शिक्षक र कर्मचारी, कलेजका प्राध्यापक र कर्मचारी, सवारी साधनका चालक र सहचालकलाई लगाइएको छ । 

प्रकाशित मिति: शनिबार, साउन २३, २०७८  ०७:०८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update