Sagun Khabar
सुदूरपश्चिममा शुक्रबार कोरोनाबाट दुईजनाको मृत्यु, थप ७३ जनामा कोरोना पुष्टि 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा शुक्रबार कोरोनाबाट दुईजनाको मृत्यु भएको छ । डोटीको डोटीको शिखर नगरपालिका–३ की ६५ वर्षीया महिला र दिपायल सिलगढी नगरपालिका–१का ३३ बर्षीय पुरुषको  मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । यस्तै शुक्रबार थप ७३ जनामा कोरोना पुष्टि भएको छ । ८९३ जनाको कोरोना परीक्षण गर्दा थप ७३ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी २२ जना संक्रमणमुक्त भएका छन् । 

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०७८  १८:५१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update