Sagun Khabar
जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र बैतडीलाई पूर्वतयारी सामग्री हस्तान्तरण 
Atrya hospital

बैतडी –बैतडीमा जिल्ला आपकालिन कार्य सञ्चालन केन्द्रलाई पूर्व तयारी सामग्री हस्तान्तरण गरिएको छ । युनिसेफ नेपालको सहयोगमा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरिरहेको बालकेन्द्रित विपद् जोखिम न्यूनीकरण कार्यक्रम अन्तर्गत विभिन्न सामग्री केन्द्रलाई हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका कार्यक्रम संयोजक तेजप्रसाद पाण्डेले जानकारी दिए । 

आपतकालिका कार्य सञ्चालन केन्द्रलाई सूचना व्यवस्थापनमा सहयोग होस भनेर कम्प्युटर हस्तान्तरण गरिएको छ भने खोज तथा उद्धारका सामग्री समेत हस्तान्तरण गरिएका छन् । भ¥याङ, लाइफ ज्याकेट, सब्बल, डोरी लगायतका सामग्री हस्तान्तरण गरिएको कार्यक्रम संयोजक पाण्डेले बताए । 

शुक्रबार जिल्ला प्रशासनमै पुगेर नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका सभापति भीमदत्त पाण्डेयलाई ती सामग्रीहरु निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीलाई हस्तान्तरण गरेका हुन् । सामग्रीहरु बुझ्दै निमित्त प्रमुख जिल्ला अधिकारी भारतीले यी सामग्रीहरुले जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रलाई आफ्नो काम अघि बढाउन सहज हुने बताए । 
 

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०७८  १८:४०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update