Sagun Khabar
सशस्त्र प्रहरी बल बैतडीले मनायो छैठौं बार्षिकोत्सव 

बैतडी –सशस्त्र प्रहरीबल नेपाल नम्बर ५१ नम्बर गुल्म बैतडीले आफ्नो छैठौँ बार्षिकोत्सव मनाइएको छ । बैतडीमा सशस्त्र प्रहरीको गुल्म स्थापना भएको अवसरमा बार्षिकोत्सव मनाइएको हो । 

सोमबार जिल्ला सदरमुकाम बैतडीस्थित गढीमा रहेको सशस्त्र प्रहरी बल नं. ५१ गुल्ममा विभिन्न सांस्कृतिक कार्यक्रमसहित बार्षिकोत्सव मनाएको सशस्त्र प्रहरी नायब उपरीक्षक लक्ष्मणसिंह थापाले जानकारी दिए । 

Atrya hospital

बार्षिकोत्सव समारोहमा सशस्त्र प्रहरी वैद्यनाथ वाहिनीका निमित्त वाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक उद्धवबहादुर थापा प्रमुख अतिथी रहेका थिए । 

बार्षिकोत्सवको अवसरमा सञ्चालन भएको खेलकुद प्रतियोगिताका विजेता र अन्य कार्यमा उत्कृष्ट २४ जनालाई पुरस्कार समेत वितरण गरिएको थापाले बताए । 

सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म बैतडी अन्तर्गत ३ ओटा बिओपी रहेका छन् । सीमा नाका झुलाघाट, पञ्चेश्वर र कुस्मौद घाटमा सशस्त्र प्रहरीका बिओपी सञ्चालनमा रहेका सशस्त्र प्रहरी नायब उपरीक्षक थापाले बताए । 

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १०:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update