Sagun Khabar
सुर्नया–८ मा वडा कार्यालयको भवन निर्माण, आफ्नै भवनबाट सेवा शुरु  

बैतडी–बैतडीको सुर्नया गाउँपालिका वडा नं ८ ले आफ्नै भवनबाट सेवा सुचारु गरेको छ । वडा कार्यालयको भवन निर्माण कार्य सम्पन्न भएपछि आफ्नै भवनबाट सेवा दिन शुरु गरिएको वडा अध्यक्ष भानबहादुर बोहराले बताए । 

सुर्नया गाउँपालिका वडा नं ८ को वडा कार्यालय भवन साँफेबगर भन्ने स्थानमा निर्माण गरिएको वडा अध्यक्ष बोहराले बताए । आर्थिक २०७५÷७६ देखि निर्माण कार्य शुरु भएको वडा कार्यालयको भवन यो बर्ष निर्माण सम्पन्न भएपछि भवनबाट सेवा सुचारु गरिएको उनले बताए । 

Atrya hospital

सुर्नया गाउँपालिकाको करीब ५० लाखको लागतमा वडा कार्यालयको चारकोठे भवन निर्माण कार्य सम्पन्न भएको हो । 

वडा कार्यालयको भवन नहुँदा २०७४ सालदेखि भाडाको भवनबाट सेवा प्रदान हुँदै आएको थियो । आफ्नै भवनबाट सेवा सुचारु भएपछि सहज भएको वडा अध्यक्ष बोहराले बताए । 

सुर्नया गाउँपालिका वडा नं ३ ले अघिल्लो कार्यकालमै नयाँ भवन निर्माण गरेको थियो । सुर्नया गाउँपालिका वडा नं ८ ले अहिले नयाँ भवन निर्माण गरेपछि नयाँ भवनबाट दुई ओटा वडा कार्यालयले सेवा प्रदान गर्दै आएका छन् । 
गाउँपालिकाका अन्य ६ ओटा वडाले भाडाका भवन तथा पुराना जीर्ण भवनबाट सेवा प्रदान गर्दै आएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  ०९:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update