Sagun Khabar
रसुवा बाढीः कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन

रसुवामा आएको बाढीका कारण ५० जना सम्पर्कविहीन भएका छन् । कैलाश मानसरोवर जान रसुवा बोर्डरमा पुगेका उनीहरू बाढीपछि सम्पर्कविहीन भएका हुन् ।

काठमाडौंको हिमालयन ग्लेसियरबाट मंगलबार गएका उनीहरूसँग सम्पर्क टुटेको कम्पनीका सञ्चालक सागर पाण्डेले कान्तिपुरसँग बताए ।

सम्पर्कविहीन हुने पर्यटकहरूमा ४० जना भारतीय मूलका अमेरिकी र क्यानडियन रहेका छन् । त्यस्तै, १० जना नेपाली रहेका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update