Sagun Khabar
बैतडीको एक पसलमा आगलागी,३५ लाख बराबरको क्षति 
Atrya hospital

बैतडी–बैतडीमा एक पसलमा आगलागी भएको छ । जिल्लाको मेलौली नगरपालिका–६ लामालेकमा रहेको रामदत्त भट्टको महारुद्र फेन्सी स्टोर तथा आटा चक्की खुद्रा पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनक ढुंगानाले जानकारी दिए । 

सोमबार राति ११ बजेर २० मिनेटमा भट्टको पसलमा आगलागी हुँदा पसलभित्र रहेका सबै सामग्री जलेर नष्ट भएका छन् । आगलागीबाट ३५ लाख बराबरको क्षति भएको पसल सञ्चालक भट्टले बताए । रातिको समयमा विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । 

स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा पसलमा लागेको आगो निभाइएको थियो । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ढुंगानाले बताए । 
 

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  ०८:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update