Sagun Khabar
सेती प्रादेशिक अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु 
Atrya hospital

कैलाली – कैलालीको  सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । डोटीको शिखर नगरपालिका–३ की ६५ वर्षीया महिला र दिपायल सिलगढी नगरपालिका–१का ३३ बर्षीय पुरुषको  मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए । 

मृतक महिला साउन १७ गतेदेखि अस्पतालको आइसीयुमा उपचाररत थिइन् भने मृतक पुरुष साउन २१ गतेदेखि अस्पतालको भेन्टिलेटरमा उपचाररत रहेका बताइएको छ ।  

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०७८  १६:५५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update