Sagun Khabar
बैतडीको पञ्चेश्वरमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पार्की हाजिर 

बैतडी–बैतडीको पञ्चेश्वर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । गाउँपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा महेश पार्की सोमबार गाउँपालिकामा हाजिर भएका हुन् । 

गएको भदौ २६ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पार्कीलाई पञ्चेश्वर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत पदमा पदस्थापन गरेको थियो । स्टाफ कलेजबाट ६ महिना तालिम सकेपछि शाखा अधिकृत पार्कीलाई प्रमुख प्रशासकीय अधिकृत रुपमा खटाइएको हो । 

Atrya hospital

मन्त्रालयले पञ्चेश्वर गाउँपालिकामा खटाएपछि आफू कार्यालयमा आज हाजिर भएको प्रमुख प्रशासकीय अधिकृत पार्कीले बताए । 

पञ्चेश्वर गाउँपालिकामा आज एक औपचारिक कार्यक्रमको आयोजना गरेर प्रमुख प्रशासकीय अधिकृत पार्कीलाई स्वागत गरिएको छ । पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दको अध्यक्षतामा भएको स्वागत तथा परिचयात्मक कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिना भट्ट, वडा अध्यक्ष लगायतका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

यस्तै गाउँपालिका अन्तर्गत कार्यरत कर्मचारी, वडा कार्यालयमा कार्यरत कर्मचारी, स्वास्थ्यचौकीमा कार्यरत कर्मचारीहरुको उपस्थितीमा प्रमुख प्रमुख प्रशासकीय अधिकृत पार्कीको स्वागत गरिएको हो । 

गाउँपालिकाले आयोजना गरेको परिचयात्मक तथा स्वागत कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत पार्कीले आफूले कानुनको परिधिभित्र रहेर काम गर्ने बताए । कानुन अनुसार नागरिकको सेवामा दत्तचित्त भएर काम गर्न उनले कर्मचारीहरुले निर्देशन समेत दिएका छन् । 

यसअघि पञ्चेश्वर गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चल्दै आएको थियो । 
 

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १४:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update