Sagun Khabar
बैतडीकी देवकीको उपचारमा आर्थिक अभाव, सहयोग अभियान सञ्चालन 

बैतडी–बैतडीकी देवकी महराको उपचारमा आर्थिक अभाव भएपछि सहयोग अभियान सञ्चालन गरिएको छ । 

लडेर गम्भीर घाइते भएकी जिल्लाको पाटन नगरपालिका वडा नं ८, राङ्गजुनौकी ४८ वर्षीया देवकी महराको उपचारमा आर्थिक आर्थिक अभाव भएपछि सहयोग अभियान सञ्चालन गरिएको अभियान्ता प्रेमसिंह भाटले जानकारी दिए । 

Atrya hospital

महराको प्राण रक्षाका लागि नेपाल र भारतमा आर्थिक सहयोग अभियान सञ्चालन गरिएको भाटले बताए । भारतमा पाटन नगरपालिका वडा नं १० घर भएका समाजसेवी युवा विष्णु भट्ट कपाडी र पाटन नगरपालिका –९ घर भएका कृष्णसिंह भाटले अभियानको नेतृत्व गरिरहेका छन् । 

जंगलमा बाख्रा चराउने गएकी महरा गएको भाद्र ३१ गते लडेर गम्भीर घाइते भएकी थिइन् । उनको टाउको र छातीमा चोट लागेको बताइएको छ । घाइते महराको धनगढीस्थित निसर्ग हस्पिटलको सघन उपचार कक्षमा उपचार भइरहेको अभियान्ता भाटले बताए । 

श्रीमानले दोश्रो विवाह गरेर गएपछि दुई नाबालक छोराको पालनपोषण गर्दै आएकी महरालाई चोट लागेपछि उनको परिवारको समेत विचल्ली भएको छ । 

आर्थिक समस्याबाट गुज्रीरहेकी महरालाई उपचारमा सहयोग पुर्याउन सञ्चालन गरिएको अभियान अन्तर्गत दुई दिनमा १ लाख ६८ हजार ६ सय २० रुपैयाँ संकलन भएको भाटले बताए । 

महराको प्राण रक्षाका लागि सहयोग गर्न चाहने महानुभावहरुले देवकी महराको ग्लोबल आइएमइ बैंकमा रहेको खाता नम्बर ०१९०७०१००२१९५० मा जमा गर्न सक्नेछन् । 
 

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १४:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update