Sagun Khabar
एमाले बैतडीको बैठक सम्पन्न, के –के भए निर्णय ?

बैतडी–नेकपा एमाले बैतडीको चौथो पूर्ण बैठक आइतबार सम्पन्न भएको छ । जिल्ला पार्टी कार्यालय गढीमा सम्पन्न बैठकले विभिन्न निर्णय पारित गरेको एमाले बैतडीका उपाध्यक्ष लोकेन्द्र भण्डारीले बताए । 

एमाले बैतडीका अध्यक्ष नरेश विकको अध्यक्षतामा सम्पन्न भएको बैठकमा एमालेका जिल्ला इञ्चार्ज एवं केन्द्रीय सदस्य लिलाधर भट्ट, प्रदेश कमिटिका सदस्यहरु,पालिका कमिटिका अध्यक्षहरु, जिल्ला कमिटिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो । 

Atrya hospital

बैठकले पार्टीका विभिन्न विभागहरुलाई पूर्णता दिएको उपाध्यक्ष भण्डारीले बताए । पार्टीका विभाग प्रमुखहरु यसअघि नै चयन भइसकेका र सबै विभागलाई ११ सदस्यीय रहने गरेर विस्तार गरिएको उनले बताए । 

यस्तै एमाले आगामी मंसिरभित्र पालिका प्रशिक्षण सम्पन्न गर्ने निर्णय गरेको छ । पार्टीले प्रत्येक पालिकामा दुई दिने प्रशिक्षण अभियान सञ्चालन गरेको र अहिलेसम्म तीनओटा पालिकामा त्यस्तो प्रशिक्षण सम्पन्न भइसकेको उपाध्यक्ष भण्डारीले बताए । मेलौली नगरपालिका, दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकामा प्रशिक्षण कार्यक्रम सम्पन्न भइसकेको छ । बाँकी रहेका पालिकाहरुमा मंसिरभित्र प्रशिक्षण सम्पन्न गर्ने योजना रहेको उपाध्यक्ष भण्डारीले बताए । 

यस्तै पार्टीको बार्षिक कार्ययोजना समेत तयार पारेर बैठकले पारित गरेको उपाध्यक्ष भण्डारीले बताए । 
 

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १३:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update