Sagun Khabar
सन नेपाल लाइफ इन्स्योरेन्सको सातौँ बार्षिकोत्सव बैतडीमा पनि मनाइयो

बैतडी- बैतडीमा सन नेपाल लाइफ ईन्स्योरेन्स कम्पनि लिमिटेड उपशाखा बैतडीले सातौँ बार्षिकोत्सव मनाएको छ । कम्पनी स्थापना भएको सात बर्ष पूरा भएको अवसरमा सात पोलिसी काटेर सातौँ बार्षिकोत्सव मनाइएको सन नेपाल लाइफ इन्स्योरेन्स उपशाखा बैतडीकी प्रमुख बिष्ना चन्दले बताइन् ।

आईतबार (आज) जिल्ला सदरमुकाम गोठलापानीमा अभिकर्ताहरुसंग छलफल गरेर बार्षिकोत्सव मनाएको उनले बताइन् ।  बैतडीमा सन नेपाल लाइफ इन्स्योरेन्सका पाँच हजार बढी ग्राहक रहेका चन्दले बताइन् ।

Atrya hospital

संस्थाको सातौँ बार्षिकोत्सवको पुर्वसंन्ध्यामा शनिबार दशरथचन्द नगरपािलका वडा न. ४ शाहिलेकमा रहेको जगन्नाथ महिला बचत तथा ऋण सहकारि संस्थाका कार्यसमिति सदस्य र सेयर सदस्यहरु सँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको  थियो ।

“सन नेपाल लाइफ,समुदाय सगँ–सँगै कदम उठाउदै” भन्ने मुल नाराका साथ जिवनमा जोखिमको सुरक्षा र बचत गर्ने बानिको बिकास तथा जिवन बिमाका फाईदाहरुको बिषयमा छलफल गरेर बार्षिकोत्सव मनाएको सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेडकी अन्डरराईटिङ सुमित्रा चन्दले बताईन् ।

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १९:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update