Sagun Khabar
बैतडीमा शुक्रबार थप ४ जनामा कोरोना पुष्टि 
Atrya hospital

बैतडी –बैतडीमा शुक्रबार थप ४ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा दशरथचन्द नगरपालिकामा थप ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

जिल्लामा अहिले ४० जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा २५ जना, पाटन नगरपालिकामा ४ जना, सिगास गाउँपालिकामा ४ जना, दोगडाकेदार गाउँपालिकामा २ जना, डिलाशैनी गाउँपालिकामा २ जना र सुर्नया गाउँपालिकामा १ जना रहेका छन् । 

बैतडीमा जिल्ला बाहिरका २ जना सक्रिय संक्रमित रहेका बताइएको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०७८  १६:५१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update