Sagun Khabar
बैतडीमा एक पुरुष मृत फेला
Atrya hospital

बैतडी- बैतडीमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको सिगास गाउँपालिका–५ खैरकोटका अन्दाजी ३८ वर्षीय रनी धामी मृत अवस्थामा फेला परेका हुन् । शुक्रबार  वडा नं ३ को  गजीण भिरमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनक राज ढुगांनाले बताए । स्थानीयहरुले घास काट्ने क्रममा धामीलाई मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

रनी धामीका १२ वर्षीय छोरा यही भाद्र ३० गते घरबाट भागेका थिए । सोहीदिन छोरालाई चिनेका आफन्तहरुले ठाँटा प्रहरी चौकीमा बुझाएको थाहा पाएपछि रनी दम्पती ३१ गते बिहान छोरालाई लिनभनि घरबाट आएको वडा सदस्य मान सिंह धामीले जानकारी दिए ।

रनीकी श्रीमती र छोरा घर पुगेका थिए । तर ५ दिनपछि शुक्रबार स्थानीयहरुले रनीलाई गजीण भिरमा मृत अवस्थमा फेला पारेको वडा सदस्य धामीले जानकारी दिए । घटनाका बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update