Sagun Khabar
बैतडीमा भन्सार छलिका सामग्री बरामद

बैतडी- बैतडीमा भन्सार छलीका सामग्री बरामद गरिएको छ । 

गोठलापानी–झुलाघाट सडक अन्तर्गत बैतडीको दशरथचन्द नगरपालिका –१० अदरपिण्डबाट भारतबाट भन्सार छलेर ल्याएका अवैध सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए । 

Atrya hospital

शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले अन्दाजी २५ हजार १ सय ५७ रुपैयाँ बराबरको भन्सार छलीको सामग्री बरामद गरेको हो । बेवारिसे अवस्थामा राखिएको चिनी, मिश्री, खानेतेल, बिडी ,सुर्ती लगायतका सामग्री बरामद गरिएको प्रहरी निरीक्षक पाण्डेयले बताए । 

बरामद गरिएको उक्त सामग्री आवश्यक कारवाहीका लागि आज महाकाली भन्सार कार्यालय झुलाघाटमा बुझाइने प्रहरी निरीक्षक पाण्डेयले बताए ।

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update