Sagun Khabar
स्वर्गीय हिमालय प्रसाद अवस्थी स्मृति छात्रवृति यो बर्ष ५ जना विद्यार्थीलाई प्रदान गरिने

बैतडी- स्वर्गीय हिमालयप्रसाद अवस्थी स्मृति गरीब तथा जेहेन्दार छात्रवृति यो बर्ष ५ जना छात्रछात्राहरुलाई वितरण गरिने भएको छ । 

बैतडीको सुर्नया गाउँपालिका ६ स्थित केदार आधारभूत विद्यालय बरायलगाडाका गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई उक्त छात्रवृति प्रदान गरिने स्वर्गीय हिमालयप्रसाद अवस्थीका बुवा नारद अवस्थीले बताए । कक्षा १ देखि ५ सम्मका छात्रछात्राहरुमध्ये प्रति कक्षा एकजनाका दरले छात्रवृति दिइने बताइएको छ । 

Atrya hospital

स्वर्गीय अवस्थीको स्मृतिमा १ लाख ११ हजार १११ रुपैयाको अक्षयकोष स्थापना गरिएको र सोही कोषबाट प्राप्त हुने ब्याजबाट प्रत्येक बर्ष छात्रवृति दिने गरिएको उनले बताए । 

यो बर्ष हिमालयप्रसाद अवस्थीको ९ औं बार्षिक पूण्यतिथीको अवसरमा छात्रवृति प्रदान गर्ने निणर्य गरिएकोे हो ।  बैतडीको सुर्नया गाउँपालिका ६ कोखेत घर भएका हिमालयप्रसाद अवस्थीको अध्ययनकै सिलसिलामा ९ बर्ष अघि कलिलो उमेरमा निधन भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update