Sagun Khabar
बैतडीमा पनि मनाइयो संविधान दिवस 

बैतडी–बैतडीमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ । संविधान दिवस जिल्ला मूल समारोह समितिको आयोजनामा आज जिल्ला सदरमुकाममा प्रभातफेरीका साथै कोण सभाको आयोजना गरिएको थियो । 

बैतडी सदरमुकाम गढीमा दिवसको अवसरमा छलिया नाच समेत प्रदर्शन गरिएको थियो । देशमा संविधान जारी भएको खुसीयालीमा हरेक बर्ष असोज ३ गतेलाई संविधान दिवसको रुपमा मनाउने गरिएको छ । 

Atrya hospital

संविधान दिवसको अवसरमा छलिया नाच प्रस्तुत गरिएको संविधान दिवस जिल्ला मूल समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीले बताए । नेपाली जनता त्याग र बलिदान प्राप्त भएको संविधानले देशमा संघीयता र समावेशीता ल्याएको उनले बताए । 

संविधान दिवसको अवसरमा आज साँझ सबै सरकारी कार्यालयहरुमा दिपावली गर्ने कार्यक्रम रहेको छ भने सरसफाइ कार्यक्रम समेत सञ्चालन गरिएको छ । 

यस्तै जिल्लाका १० ओटै स्थानीय तहहरुमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update