Sagun Khabar
सनातन धर्म माविका शिक्षक रमेश नाथलाई राष्ट्रिय शिक्षा पुरस्कार 

बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ३ स्थित सनातन धर्म मावि श्रीकोटमा कार्यरत शिक्षक रमेश नाथले राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेका छन् । 

राष्ट्रिय शिक्षा दिवसका अवसरमा शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तिहरुलाई प्रदान गरिएको राष्ट्रिय शिक्षा पुरस्कार नाथलाई पनि प्रदान गरिएको हो । 

Atrya hospital

२०५३ सालदेखि उक्त विद्यालयमा कार्यरत शिक्षक नाथ अहिले निम्न माध्यमिक शिक्षक द्वितीय श्रेणीमा कार्यरत रहेका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदान गरेको पुरस्कारले आफूलाई महत्वपूर्ण प्रेरणा मिलेको शिक्षक नाथले बताए । 

आफ्नो विद्यालयमा कार्यरत शिक्षक नाथले राष्ट्रिय शिक्षा पुरस्कार पाउँदा निकै खुसी लागेको सनातन धर्म माविका प्रधानाध्यापक बलदेव नाथले बताए । 

यस्तै निजी शिक्षण संस्थाका संस्थापक मध्ये पाटन भ्याली बोर्डिङ स्कुलका संस्थापक नारायणसिंह भण्डारीले पनि राष्ट्रिय शिक्षा पुरस्कार पाएका छन् ।  
 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update