Sagun Khabar
पहिरोले मूहान पुरेपछि खानेपानीको समस्या 

बैतडी–बैतडीको पाटन नगरपालिका वडा नं ३ बुङडामा खानेपानीको समस्या भएको छ । गाउँमा आउने खानेपानीको मूहान पहिरोले पुरेपछि खानेपानीको समस्या भएको स्थानीय गणेश बिष्टले बताए । 

गएको हप्ता तीनदिन सम्म भएको भारी बर्षाका कारण खसेको पहिरोले तिमलागैर भन्ने स्थानमा रहेको खानेपानीको मूहान पुरेको हो । तिमलागैर–बुङडा खानेपानी योजनाको मूहानमाथिबाट खसेको पहिरोले खानेपानीमा क्षति पुर्याएको बिष्टले बताए । 

Atrya hospital

पहिरोका कारण खानेपानीको मूहान मासिएपछि बुङडा गाउँका ५० भन्दा बढी घरधुरीलाई खानेपानीको जोहो गर्न मुस्किल भएको छ । गाउँमा आउने खानेपानी अवरुद्ध भएपछि आफूहरुलाई धेरै समस्या भएको बिष्टले बताए । 
पहिरोले मासिएको खानेपानी मूहान मर्मतका लागि स्थानीय सरकारसंग आग्रह गरिएको बिष्टले बताए । गाउँमा खानेपानीको समस्या भएकाले खानेपानी सञ्चालनमा सहयोग गरिदिन आग्रह गरिएको उनले बताए । 

हिउँदको समयमा समेत खानेपानीको समस्या नहुने बुङडा गाउँमा पहिरोले खानेपानीको मूहान मासेपछि समस्या भएको स्थानीयहरुले बताएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  ०९:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update