Sagun Khabar
दशरथचन्द मावि सुन्दरखालीकी विव्यस अध्यक्ष चन्दलाई राष्ट्रिय शिक्षा पुरस्कार 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिका–५ स्थित दशरथचन्द मावि सुन्दरखालीकी विद्यालय व्यवस्थापन समिति अध्यक्ष पार्वती चन्दलाई राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त भएको छ । 

राष्ट्रिय शिक्षा दिवसको अवसरमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तिहरुलाई प्रदान गर्दै आएको राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गर्नेमा चन्द पनि परेकी छिन् । 

Atrya hospital

सामुदायिक विद्यालय व्यवस्थापन समितिका पदाधिकारी मध्ये चन्दलाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गर्ने निर्णय भएको हो । राष्ट्रिय शिक्षा दिवसका अवसरलाई उनलाई पुस्कार प्रदान गरिएको हो । 

राष्ट्रिय शिक्षा दिवसमा पुरस्कृत भएकी चन्द दशरथचन्द मावि विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा दोश्रो कार्यकालमा काम गर्दैछिन् । गएको १२ बर्षदेखि सामुदायिक विद्यालयको नेतृत्वमा कुनै न कुनै रुपमा सहभागी चन्द लगातर दुईपटक अध्यक्ष भइसकेकी छिन् । पछिल्लो समयमा उनी २०७९ मंसिर २६ गते विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएकी हुन् । 

महिला अध्यक्षको नेतृत्वमा पछिल्लो समयमा दशरथचन्द मावि सुन्दरखाली नमूना विद्यालय बन्ने बाटोमा लागेको छ । मन्त्रालयले गरेको सम्मानले आफूलाई सामुदायिक विद्यालयको सुधारमा महत्वपूर्ण प्रेरणा मिलेको चन्दले बताइन् । 
विभिन्न सामाजिक कार्यमा सक्रिय चन्दले राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेपछि विद्यालय परिवार खुसी भएको दशरथचन्द मावि सुन्दरखालीका प्रधानाध्यापक नरेन्द्रबहादुर चन्दले बताए । उनले भने ‘हाम्रो विद्यालय व्यवस्थापन समिति अध्यक्ष राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मानित हुनुभएको छ । हामीलाई धेरै खुसी लागेको छ ।’

यसअघि सामुदायिक विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासंघ सुदूरपश्चिमकी कोषाध्यक्ष समेत भइसकेकी चन्दले महिलाले नेतृत्व गरेको विद्यालयलाई उत्कृष्ट बनाउने योजना रहेको सुनाइन् । उनले भनिन् ‘म लगातार दोश्रो पटक अध्यक्ष भएर काम गरिरहेको छु । यो सम्मानले मलाई झन् हौसला बढाएको छ । शिक्षामा छोरीहरुको पहुँच बढाउन मैले थप पहल गर्नेछु ।’

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  ०९:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update