Sagun Khabar
बैतडीका चार स्थानीय तहमा कोरोना संक्रमित शुन्य 

बैतडी –बैतडीमा तत्कालका लागि चारओटा स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित शुन्य भएका छन् । अहिले जिल्लाका ६ ओटा स्थानीय तहमा मात्रै कोरोनाका सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाको मेलौली नगरपालिका, पुर्चौंडी नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए  । 

Atrya hospital

ती स्थानीय तहहरुमा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका भएपनि जोखिम भने कायमै रहेको छ । कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाउन स्वासथ्यकर्मीहरुले आग्रह गरेका छन् ।

पछिल्लो समयमा कोरोनाको परीक्षणदर पनि घटाइएको छ । स्थानीय तहहरुले कोरोना परीक्षण गर्न छोडेका छन् । फाट्टफुट्ट रुपमा कोरोना परीक्षण गर्ने गरिएको भएपनि नियमित रुपमा कोरोना परीक्षण गर्न छोडिएको छ । परीक्षण कम भएका कारणले पनि कोरोना संक्रमणदर घटेको हुन सक्ने बताइएको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०७८  ०७:१६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update