Sagun Khabar
बैतडीमा मन्दिरको सुनचोरी प्रकरण : दुईजना कारागार चलान, ५ जना धरौटीमा छुटे 

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिका १ रीमस्थित लटिनाथ मन्दिरको सुनचोरी प्रकरणमा दुईजनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत बैतडीका न्यायधिश तीलकबहादुर कार्कीको एकल इजलासले सो घटना संलग्न रहेका दुईजनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए । 

मन्दिरको भण्डार घर फोडी सुन चोरी कार्यमा संलग्न भएका दोगडाकेदार गाउँपालिका १ रीमका धनबहादुर कार्की र केशवराम सार्कीलाई कारागार चलान गरिएको हो । 

Atrya hospital

यस्तै मन्दिरबाट चोरिएको सुन खरीद गरेको आरोपमा पक्राउ परेका सुनचाँदी व्यवसायी बैतडीको दशरथचन्द नगरपालिका ४ गढीका कञ्चन पौडेल र गणेश पौडेल तथा दार्चुलाको शैल्यशिखरका भुवनसिंह साहु धरौटी रिहा भएका छन् । उनीहरु जनही ५० हजार रुपैंया धरौटीमा रिहा भएका प्रहरी निरीक्षक ओझाले बताए । 

यस्तै मन्दिरको सुनचोरी प्रकरण पक्राउ परेका दोगडाकेदार गाउँपालिका १ रीमका लालबहादुर कार्की र हरिकृष्ण सार्की जनही १० हजार धरौटीमा छुटेका प्रहरीले जनाएको छ । 

लटिनाथ मन्दिरको सुन गत मंसिर चोरी भएको भएपनि स्थानीयहरुले गत चैतमा मात्रै थाहा पाएका थिए । मन्दिरको सुन चोरिएको बिषयमा केही महिना गाउँमै सोधपुछ गरिएको र असार अन्तिम साता प्रहरीमा उजुरी दिएको थियो । 

उजुरी पछि प्रहरीले पौने चार तोला सुन सहित ७ जनालाई नियन्त्रणमा लिएको छ । ४ जना स्थानीय र तीनजना सुनचाँदी व्यवसायीलाई नियन्त्रणमा लिएर अनुसन्धा सकेर अदालतमा पेश गरेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।   
 

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०७८  ०६:४८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update