Sagun Khabar
बैतडीमा उत्कृष्ट एजेन्सी म्यानेजर र अभिकर्तालाई रिलायबल नेपालको सम्मान 

बैतडी– रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा बैतडीले उत्कृष्ट एजेन्सी म्यानेजर र अभिकर्ताहरुलाई सम्मान गरेको छ ।

मंगलबार बैतडीको पाटनमा एक कार्यक्रमको आयोजना गरेर उत्कृष्ट एजेन्सी म्यानेजर र अभिकर्ताहरुलाई सम्मान गरिएको हो । 

Atrya hospital

गत आर्थिक बर्षमा उत्कृष्ट काम गर्ने १२ जना एजेन्सी म्यानेजर र अभिकर्ताहरुलाई सम्मान गरिएको रिलायबल लाइफ इन्स्योरेन्स बैतडीका प्रमुख लोकेन्द्र बिष्टले बताए । इन्स्योरेन्सका सुदूरपश्चिम प्रमुख चन्द्र बिष्टको समेतको उपस्थितीमा सम्मान कार्यक्रम गरिएको उनले बताए ।  

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले निकट भविष्यमै बैतडीको पाटनमा शाखा कार्यालय स्थापनाको तयारी गरिरहेको इन्स्योरेन्सका प्रदेश प्रमुख बिष्टले जानकारी दिए । सम्मान कार्यक्रममा बिष्टले बीमाका बारेमा जानकारी समेत गराएका थिए । 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  ०९:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update